आयोवा डेमोक्रेटिक ककस: बर्नी लोकप्रिय तर पनि जितेनन् बटिजजलाई

प्रदीप भट्टराई

कान्सास सिटी, अमेरिका

आयोवा डेमोक्रेटिक ककसकोआधिकारिक परिणाम सोमबारसम्म नआउने भएको छ। डेमोक्रेटिक राज्य समितिले मतगणनामा चित्त नबुझे उजुरी दिने म्याद सोमबार १२ बजेसम्मका लागि बढाएपछि यो नयाँ परिस्थिति सिर्जना भएको हो। 

आयोवा डेमोक्रेटिक राज्य समितिले विहीबार नै सबै मतगणना भएको जनाउँदै अन्तिम परिणाम सार्वजनिक गरेको थियो । परिणामअनुसार ३८ वर्षीय पिट बटिजज २६.२ प्रतिशत प्रिसिङ्ट मत हात पार्दै विजयी भएका थिए। उनले २६.१ प्रतिशत मात्र हात पारेका सिनेटर बर्नी स्याण्डर्सलाई ०.१ प्रतिशतको साघुँरो अन्तरले पछि पारे। यद्यपि, लोकप्रिय मतमा भने स्याण्डर्सलाई बटिजजले जित्न सकेनन्।

बटिजजको यो जीतसँगै केही नयाँ कीर्तिमान पनि बनेका छन्। पहिलो त यो जीतले उनी प्रमुख दलबाट अमेरिकी राष्ट्रपति उम्मेद्वारीको ककस जित्ने पहिलो समलिङ्गी उम्मेद्वार बने। उमेरका हिसाबले पनि यो सफलता हात पार्ने उनी कान्छो उम्मेद्वार बने। 

सन् २०१८ मा सँग समलिंगी विवाह गरेका बटिजज श्रीमतीको भूमिकामा छन्। यसरी हेर्दा बटिजजले आयोवा ककस जितिन् भन्नुपर्ने हुन्छ। 

इण्डियानाको एक सानो सहरका यी पूर्वमेयरले अमेरिकी राष्ट्रिय राजनीतिमा एकसे एक ठूला नामलाई ढाले । ढालिनेमा पूर्वउपराष्ट्रपति जो बाइडेन र कयौ सिनेटर, मन्त्री, गभर्नर र सांसद पनि छन्। आयोवा ककसमा उनलाई पछ्याउएर पहिलो पाँचमा रहनेमा पूर्व उपराष्ट्रपति बाइडेन चौथो स्थानमा रहे भने तीनजना सिनेटर बर्नी स्याण्डर्स, एलिजावेथ वारेन र एमी क्लोबचर क्रमश: दोस्रो, तेस्रो र पाँचौ रहे।

आयोवा स्विङ राज्य हो । यहाँ कहिले रिपब्लिकनको पल्ला भारी हुन्छ र कहिले डेमोक्रेट्सको । सन् २००८ र २०१२ मा बराक ओबामाका लागि नीलो भएको आयोवा सन् २०१६ मा डोनल्ड ट्रम्पका लागि रातो भयो। यसपटक आयोवाको मुड पढ्न सकिएको छैन।

४१ स्टेट डेलिगेट रहेको आयोवामा कसले कति डेलिगेट पाउँने हो ?, त्यसको हिसाब किताव चाँहि त्यसपछि मात्र हुने छ।

८ काउन्टी रहेको आयोवाका तीन काउन्टी बटिजजले जिते भने दुई काउन्टीमा स्याण्डर्स अगाडि रहे। बाइडेनले एक काएनटी जिते भने बाँकि दुई काउन्टीमा बाइडेन र क्लोबचर बराबर भए।

६ इलेक्ट्रोल मत रहेको आयोवा स्विङ राज्य हो । यहाँ कहिले रिपब्लिकनको पल्ला भारी हुन्छ र कहिले डेमोक्रेट्सको । सन् २००८ र २०१२ मा बराक ओबामाका लागि नीलो भएको आयोवा सन् २०१६ मा डोनल्ड ट्रम्पका लागि रातो भयो। 

यसपटक आयोवाको मुड नीलो हुनेजस्तो देखिएको छ। तर, त्यसका लागि डेमोक्रेटिक पार्टीबाट हुने उम्मेद्वार पनि धेरै हदसम्म निर्णायक हुने बताइएको छ ।

आइतबार भएको आयोवा ककसको एप्समा प्राविधिक समस्या आएपछि अनेकौ उपाय लगाएर तथ्यांक बाहिर ल्याएर म्यानुअल मतगणना गर्नुपरेको थियो। समयमा परिणाम नआउँदा यो ककसको भविष्यलाई लिएर अनेकौ प्रश्न उठेका थिए।

तर, ढिलै भए पनि परिणाम बाहिरिएको छ र यसले केही प्रश्न बाँकि नै राखे पनि विवादलाई भने पूर्णविराम लगाउँने अपेक्षा गरिएको छ।  

प्रकाशित मिति: : 2020-02-08 12:52:00

प्रतिकृया दिनुहोस्