सुदूरपश्चिममा भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। 

भूकम्प मापन केन्द्र सुर्खेतले शनिबार बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ।  

भूकम्पको धक्काको महसुस बैतडी,बझाङ, अछामलगायतका जिल्लामा गरिएको जनाइएको छ । केन्द्रका प्राविधिक सहायक (टेक्निकल असिष्टेन्ट) चन्दा शाहका अनुसार भूकम्पबाट कुनै पनि क्षति भएको छैन। 

प्रकाशित मिति: : 2020-02-08 20:28:37

प्रतिकृया दिनुहोस्