फागुन १९ देखि नारिता उडान

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल वायुसेवा निगमले जापानको नारितामा हप्ताको ३ दिन सिधा उडान प्रारभ गर्ने भएको छ। एयरबस वाइडबडीबाट गरिने सिधा उडान फागुन १९ गते अर्थात २ मार्चदेखि हप्ताको सोमबार, बुधबार र शुक्रवार गर्न लागेको हो।

बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिने सो विमान सोही दिन अपरान्ह ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्ने कार्यतालिका बनाइएको छ।

हालका लागि प्रवद्र्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार निर्धारण गरिएको छ। यसका साथै विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५/२५ के.जी का २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३/२३ के.जीका २ वटा ब्यागेजको सुविधा पाउने छन्।

नारिताको उडान प्रारभ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झन्झट समेत समाप्त हुनेछ।

प्रकाशित मिति: : 2020-02-11 06:13:06

प्रतिकृया दिनुहोस्