पार्टी एकताको बाँकी काम टुंग्याउन ओली र प्रचण्डबीच छलफल

बिएल संवाददाता

काठमाडाै‌ं

पार्टी एकताका बाँकी रहेका काम टुंगो लगाउन नेकपाका दुई अध्यक्षबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको हो।

नेकपा स्रोतका अनुसार माघ १९ मा सपन्न केन्द्रीय कमिटी बैठकले १५ दिनभित्र पार्टी एकताका काम टुंग्याउने निर्देशन दिएकाले दुई अध्यक्ष र महासचिव विष्णु पौडेलमाथि दबाब छ। 

प्रधानमन्त्री ओली केही अस्वस्थ भएकाले यसबीचमा दुई अध्यक्षबीच छलफल हुन पाएको थिएन। 

यसैबीच फागुन १ गते जनयुद्ध तथा जनआन्दोलन दिवस मनाउने तयारी नेकपाले गरेको छ। तत्कालीन माओवादीले जनयुद्ध थालेको दिनलाई जनयुद्ध दिवस मनाउने गरेको थियो।

अघिल्लो वर्ष पार्टी कार्यालयमा आयोजित कार्यक्रम अध्यक्ष तथा प्रधानमन्त्री ओली सहभागी भएका थिएनन्। यसपटक प्रधानमन्त्रीसमेतको उपस्थितिमा जनयुद्ध र जनआन्दोलनका शहीदहरुको स्मरण गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-02-12 01:32:23

प्रतिकृया दिनुहोस्