बार्सिलोनाका बिङ्गर उसमान डेम्बेले करिब ६ महिना मैदान बाहिर रहने भएका छन्। फ्रान्सका अन्तराष्ट्रिय खेलाडी डेम्बेलेले गत साता अभ्यासको क्रममा चोट बोकेका थिए।
ह्यामस्टिङको सफल शल्यक्रियासगै डेम्बेले करिब ६ महिना मैदान बाहिर रहने भएका हुन्।
उनी सन् २०१७ मा बोरुसिया डर्टमण्डबाट ला लिगा च्याम्पियन बार्सिलोना आएका थिए। बार्सिलोनाले डेम्बेलेलाई पाँचवर्षका लागि लागि क्लबमा भित्र्याएको हो। जम्मा १ सय ३५ मिलियन पाउण्डमा सम्झौता गरेको थियाे।
डेम्बेले बार्सिलोनाको पूर्व खेलाडी नेयमारपछि दोस्रो महँगा खेलाडी हुन्। नेयमार बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरीस सेन्ट जर्मेन जाँदा कीर्तिमानी २ सय मिलियन पाउण्डमा आबद्द भएका थिए।
डेम्बेलेले सबै प्रतियोगितामा यस सिजन ६३ वटा खेल गुमाए। चोटकै कारण उनले ती खेल गुमाएका हुन्।
फ्रान्सेली राष्ट्रिय टोलीबाट डेम्बेलेले सन् २०१६ डेब्यु गरेयता एक गोल गरेका छन् भने सातवटा क्याप जितिसकेका छन्। गत जुनमा भएको इंग्लाण्ड विरुद्धको खेलमा उनले गोल गरेका थिए।
डेम्बेले रेन्नेसबाट मे २०१६ मा मात्र १३.८ मिलियन पाउण्डमा डर्टमुन्ड आएका थिए। उनले आसन्न २०२० को युरो कप गुमाउन सक्ने बताईएको छ।