अमेरिका 'न्युह्याम्पसायर' प्राइमरी : अगाडि बर्नी, पछ्याउँदै बटिजज र एमी

प्रदीप भट्टराई

कान्सास सिटी, अमेरिका

अमेरिकामा यसै वर्षको नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनका लागि दुई ठूला पार्टीले उम्मेद्वार छान्ने आन्तरिक चुनावी प्रक्रिया गत फेब्रुअरी ३ देखि सुरू भैसकेको छ। त्यही क्रमममा मंगलबार न्युह्याम्पसायर प्राइमरी सम्पन्न भएको छ । 

न्युह्याम्पसायर प्राइमरीको चुनावी दौडसम्म आइपुग्दा डेमोक्रेटिक पार्टीबाट १२ र रिपब्लिकन पार्टीबाट तीनजना उम्मेद्वार मैदानमा छन्। 

मतणनाको प्रारम्भिक परिणाम प्राप्त हुन थालेको छ । 

राष्ट्रपति ट्रम्पलाई म्यासाचुसेट्सका पूर्व गभर्नर बिल येल्डले न्युह्याम्पसायरमा पनि चुनौति दिएका छन्। ६८ प्रिसिङ्ट मत रिपोर्टिङ हुँदा ट्रम्पले ८६.३ प्रतिशत मत पाएका छन् भने वेल्डको पक्षमा ८.४ प्रतिशत मत देखिएको छ। नाम देखाउन नचाहने उम्मेद्वारले पनि २.४ प्रतिशत मत पाएका छन्। 

डेमोक्रेटिक पार्टीमा भने ६९ प्रिसिङ्ट मत रिपोर्टिङ हुँदा आयोवा ककसमा अगाडि रहेका पाँच उम्मेद्वार नै पहिलो पाँचमा परे पनि स्थान भने फरक परेको छ ।

आयोवामा दोस्रो स्थानमा रहेका सिनेटर बर्नी स्याण्डर्स न्युह्याम्पसायरमा पहिलो स्थानमा छन् भने पहिलो स्थानमा रहेका मेयर पिट बटिजज दोस्रो स्थानमा छन्। ४२ प्रिसिङ्ट मत रिपोर्टिङ हुँदा स्याण्डर्सले २६.१ प्रतिशत मत पाएका छन् भने बटिजजले २४.० प्रतिशत । 

आयोवा ककसमा पाँचौ स्थानमा रहेकी सिनेटर एमी क्लोबचर न्युह्याम्पसायरमा २०.० प्रतिशत मतका साथ तेस्रो स्थानमा छिन्। आयोवा ककस चौथो स्थानमा सकेकी सिनेटर एलिजावेथ वारेन न्युह्याम्पसायरमा ९.३ प्रतिशत मतका साथ चौथो स्थानमै छिन्। आयोवामा चौथो स्थानमा रहेका पूर्पउपराष्ट्रति बाइडेनका लागि न्युह्याम्पसायरले थप निराशाजनक परिणाम दिएको छ। उनी ८.४ प्रतिशत मतका साथ पाँचौ स्थानमा छन् । 

यसैबीच न्युह्याम्पसायर प्राइमरीको परिणाम आउने क्रमसँगै डेमोक्रेटिक पार्टीमा उम्मेद्वार छाँटिन् क्रम पनि सुरू भएको छ। व्यापारी एन्ड्यु याङ र कोलोराडोमा सिनेटर माइकल बेनेटले उम्मेद्वारी स्थगित गरेको घोषणा गरेका छन्। डेमोक्रेटिक पार्टीबाट अझै पनि १० जना उम्मेद्वार बाँकि रहेका छन्। 

 

प्रकाशित मिति: : 2020-02-12 20:55:19

प्रतिकृया दिनुहोस्