प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा सचेतना जगाउन सामुदायिक रेडियोको भूमिका प्रशंसनीय रहेको बताएका छन्।
सामुदायिक रेडियो प्रसारक सङ्घले नवौँ विश्व रेडियो दिवसका अवसरमा मङ्गलबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको ‘रेडियो र विविधता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले व्याप्त कुरीतिहरुको न्यूनीकरणमा सामुदायिक रेडियोहरुले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका हुन्।
'समाजमा व्याप्त कुरीतिहरुको न्यूनीकरणमा पनि रेडियोले महत्वपूर्ण योगदान निर्वाह गरेको छ' उनले भने। सामुदायिक रेडियोको यस अभियानमा प्रदेश सरकारसमेत सहयात्री बन्ने प्रतिबद्धता उनले जनाए।
कानून निर्माणको चरणमा रहेको प्रदेश सरकारले समाजिक रूपान्तरणको क्षेत्रमा गरेको कार्यहरुबारे जनतालाई सुसूचित गराउने बताउदैं उनले भने, 'सामुदायिक रेडियोलाई सशक्त बनाउन प्रदेश सरकार आगामी दिनमा रणनीति नै बनाएर अघि बढ्नेछ।'