नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन्।

बुधबार गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिह्न प्राप्त गरेलगत्तै उनले कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन्। 

उनलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहसहित, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा जवानले स्वागत गरेका थिए।

मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयले उनलाई बुधबारदेखि लागू हुनेगरी प्रहरी नायब महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो। उनको कार्यकाल जम्मा पाँच महिनाको छ। 

प्रकाशित मिति: : 2020-02-13 02:34:58

प्रतिकृया दिनुहोस्