फोटोशूटले खलबली मच्चाउने अभिनेत्री शर्लिन ३६ औं बसन्तमा

बिएल संवाददाता

काठमाडाै‌ं

अभिनेत्री शर्लिन चोपडाले ३६ औं बसन्तमा पाइला टेकेकी छिन्। सन् २००५ मा फिल्म ‘टाइमपास’ बाट फिल्ममा पाइला टेकेकी चोपडाले हिन्दी, तेलगू, अंग्रेजी फिल्ममा पनि काम गरेकी छिन्।

फिल्म क्षेत्रमा करियर बनाउने क्रममा उनले दिएका विवादास्पद बयान र फोटोशूटका कारण चिनिएकी चोपडा अझै पनि सामाजिक सञ्जालमा उत्तिकै चर्चित छिन्।

एक पटक शर्लिनले ‘न्यूड फोटोशूट’ गराएकी थिइन्। उनको उक्त फोटोशूटले उनको नीजि जिवनमा समेत खलबली मच्चाएको थियो। सन् २०१२ मा उनले ‘प्लेब्वाइ’ म्यागाजिनको लागि न्यूड फोटोशूट गराएकी थिइन्।

उनले ‘सेक्स लाइफ’ को बारेमा दिएको बयान पनि उत्तिकै चर्चित बनेको थियो। उनले एक अन्तरवार्तामा पैसाको लागि मोडलिङको समयमा धेरैजनासँग बेड शेयर गरेको बताएकी थिइन्।

प्रकाशित मिति: : 2020-02-14 01:49:38

प्रतिकृया दिनुहोस्