युएई क्रिकेट टिमका मुख्य प्रशिक्षक डौगी ब्राउन बर्खास्त

युएई क्रिकेट बोर्डले टिमका मुख्य प्रशिक्षक डौगी ब्राउन बर्खास्तमा गरेको छ।

पछिल्लो तीन वर्षयता युएई क्रिकेटका मुख्य प्रशिक्षक रहेका ब्राउन बुधबार बर्खास्तीमा परेका हुन्।  अब उनको स्थानमा भारतका पूर्व अलराउन्डर रोबिन सिंहलाई ल्याउने तयारी थालिएको छ। 

इंग्ल्यान्ड तथा स्कटल्याण्डका पूर्व अलराउन्डर ब्राउन सन् २०१७ को मे महिनामा युएईका मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।

 युएईको एकदिवसीय अन्तर्राष्ट्रिय कायम राख्न र विश्व क्रिकेट लिग–२ मा टिमलाई पुर्याउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

प्रकाशित मिति: : 2020-02-14 04:36:38

प्रतिकृया दिनुहोस्