च्याम्पियन्स लिगमा मड्रिडसँग हारे मलाई सिटीले बर्खास्त गर्नसक्छ: प्रशिक्षक ग्वार्डिओला

युरोपा च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले अन्तिम १६ मा स्पेनिश क्लब रियल मड्रिडको सामना गर्दैछ। च्याम्पियन्स लिग विजेता र प्रिमियर लिग विजेता दुवै टिम यस सिजन सुरुवातदेखि नै संघर्षरत छन्।  यता प्रशिक्षक पेप ग्वार्डिओलाले टिम रियल मड्रिडसँग हारेमा आफूलाई सिटीले बर्खास्त गर्नसक्ने बताएका छन्।

‘म च्याम्पियन्स लिग जित्न चाहन्छु’, ग्वार्डिओलाले भने, ‘म रियलविरुद्धको जितको सपना देखिरहेको छु,रियलसँगको खेलअघि म एकदमै खुसी छु।’

‘यदि मैले रियललाई हराउन सकिन भने स्पोर्टिङ डाइरेक्टर आएर मलाई च्याम्पियन्स लिग जित्न चाहेको बताउँदै बर्खास्त गर्नेछन्’, ग्वार्डिओलाले भने।

प्रकाशित मिति: : 2020-02-14 05:53:47

प्रतिकृया दिनुहोस्