गत सिजनको अन्त्यमा एट्लेटिको मड्रिडबाट बार्सिलोना आएका एन्टोएन ग्रिजम्यान जम्न सकेका छैनन्। एट्लेटिकोबाट गत सिजनको अन्त्यमा १२० मिलयन पाउन्डमा बार्सिलोना आएका ग्रिजम्यान लामो समयदेखि संघर्ष गरिरहेका छन्।
सुरुसुरुमा बार्सिलोना आउँदा खेलने अवसर समेत नपाएका ग्रिजम्यान कल्बमा आफ्नो स्थान समेत पत्ता लगाउन सकेनन्। स्टार लियोनल मेसी र लुइस स्वारेजको साथमा कुन स्थानबाट खेल्ने भन्नेबारे पनि ग्रिजम्यान अन्योलमा रहे।
तर अहिले उनले आफूले राम्रो गर्न नसक्नुको पछाडि कप्तान मेसीको हात रहेको आरोप लगाउन थालेका छन्। ग्रिजम्यानका अनुसार फ्रान्सले २०१८ को विश्वकप जितेको कुरालाई लिएर मेसी उनीसँग रुष्ट छन्। उनले मेसीलाई आफूदेखि इर्ष्या लागेको समेत बताएका छन्।
‘उनीहरु कोही पनि मलाई गलत भन्न सक्दैनन्। म संघर्ष गर्न छाड्ने छैन र मुस्कुराउन पनि छाड्ने छैन’, ग्रिजम्यानले भने।
बार्सिलोनामा आएदेखि मेसी र ग्रिजम्यानको सम्बन्ध राम्रो नभएको बताइए पनि मैदानमा भने दुई खेलाडीको सम्बन्ध राम्रै भएको देखिन्छ।