डच क्लब आयाक्सका मिडफिल्डर हाकिम जिएच इंग्लिस क्लब चेल्सी आउने पक्का भएको छ।
२६ वर्षीय मोरक्कोका मिडफिल्डर हाकिम अनुबन्धका लागि चेल्सी र आयाक्सबीच सहमति भएको छ।
चेल्सीले हाकिमलाई ४० मिलियन युरोमा अनुबन्ध गरिएको बताइएको छ।
दुई क्लबको सहमतिसँगै हाकिम आउने समरमा चेल्सीका खेलाडी हुनेछन्।
चेल्सीसँग हाकिमको औपचारिक अनुबन्ध सम्झौता आगामी जुलाईमा हुनेछ।
चेल्सीले अनुबन्धको सम्पूर्ण प्रक्रिया पुरा भएको र सिजनको अन्त्यसँगै हाकिम टिममा हुने जनाएको छ।