कोरोनाभाइरस: कोभिड-१९ प्रकोप फैलिएको चीनको वुहानबाट नेपाली नागरिकहरूको उद्धार गर्ने योजनाबारे जान्नै पर्ने चार कुरा

बिबिसी

काठमाडाै‌ं

कोभिड-१९ अर्थात् कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु चीनको हुबे प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई उद्धार गर्न आवश्यक तयारी लगभग पूरा भएको जानकारी सरकारी अधिकारीहरूले दिएका छन्।

तर उक्त उद्धारबारे धेरै प्रश्न अनुत्तरित छन्। सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट पनि ती प्रश्नहरू उठेका छन्।

ती प्रश्नको उत्तर खोज्नका लागि बीबीसीले हुबेबाट नेपालीहरूको उद्धारको तयारीका लागि खटिएका केही अधिकारीहरूसँग कुरा गरेको छ।

उनीहरूमध्ये केहीले औपचारिक रूपमा र केहीले अनौपचारिक रूपमा बीबीसीलाई उद्धारको अन्तिम तयारी र त्यसको सम्पूर्ण प्रक्रियाबारे जानकारी दिएका छन्।

उनीहरूसँगको कुराकानीका आधारमा बीबीसी न्यूज नेपालीले हुबेमा रहेका नेपालीको उद्धारबारे यो सामग्री तयार पारेको हो।

प्रकाशित मिति: : 2020-02-15 04:19:57

प्रतिकृया दिनुहोस्