रेलिगेशन जोनमा रहेकाे एमिन्ससँग पीएसजीको राेमाञ्चक बराबरी

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिगमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पीएसजीले पुछारको क्लब एमिन्ससँग ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

सेहरो गुरासीले पाँचौ मिनेटमा एमिन्सलाई सुरुवाती अग्रता दिलाए । २९ औ मिनेटमा गेल काकुटाले एमिन्सको अग्रता दोब्बर बनाए ।

फौसिनी डायबेटले ४५ औ मिनेटमा घरेलु टोलीलाई ३–० को स्थितीमा पुर्याएका थिए ।  पहिलो हाफको अन्तिम मिनेटमा पीएसजीका एन्ड्रे हेरेराले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने कोशिस गरे।

नियान्जो कावासीले लगातार दुई गोल गर्दै पीएसजीलाई बराबरीमा फर्काएका थिए । ६० औ मिनेटमा पहिलो गोल गरेका उनले ५ मिनेटको अन्तरमा दोस्रो गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए ।

मौरो ईकार्डीले ७४ औ मिनेटमा गोल गर्दै पीएसजीलाई ४–३ ले अगाडी बढाएका थिए । तर खेलको अन्तिम मिनेटमा एमिन्सका गुरासीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई बराबरीमा रोके।

बराबरीको नतिजासँगै पीएसजीले दोस्रो स्थानको मार्सेलीसँग १३ अंकको स्पष्ट अग्रता कायम राखेको छ । एमिन्स २१ अंक सहित रेलिगेशन जोनमा यथावत छ ।

प्रकाशित मिति: : 2020-02-16 19:47:51

प्रतिकृया दिनुहोस्