प्रधानमन्त्री ओली झापामा, शिलन्यास र उद्घाटनमा व्यस्त हुने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार झापा पुगेका छन्।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका ओलीले आइतबार गृहनगर झापाको दमकमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने ओलीको सचिवालयले जनाएको छ।

दिनभर झापामा रहँदा ओली शिलन्यास र उद्घाटन  कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ। 

आज दमक–रबी चिसापानी सडकको शिलन्यास, झापा–मोरङ जोड्ने मावा खोलाको पुल उद्घाटन,दमक कृष्णमन्दिरबाट ढुकुरपानी जाने सडकको उद्घाटन गर्ने कार्यक्रम छ।

त्यस्तै संघीय संसद विकास कार्यक्रम र दमक नगरपालिकको संयुक्त प्रयासमा भएको गरिब आवास कार्यक्रम अन्तर्गत बनेका २५ वटा घरको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा प्रदेश १ का सदस्य दीपक कार्कीले जानकारी दिए।

दिनभरका कार्यक्रम सकेर उनी आइतबारै काठमाडौं फर्कने ओलीको सचिवालय सदस्य रामशरण बजगाईले जानकारी दिए। 
 

प्रकाशित मिति: : 2020-02-17 00:39:03

प्रतिकृया दिनुहोस्