सिद्धार्थ शुक्लालाई ‘बीग बोस–१३’को उपाधि

बिएल संवाददाता

काठमाडाै‌ं

‘बीग बोस–१३’को उपाधि सिद्धार्थ शुक्लाले जितेका छन्। उपाधिसँगै सिद्धार्थले ५० लाख पुरस्कार र कार समेत जितेका छन्।

करिब साढे ४ महिनासम्म चलेको शोको  फाइनलमा ६ जना प्रतिस्पर्धी पुगेका थिए।

अन्तिम २ मा सिद्धार्थ र असिम रियाज पुगेका थिए।

असिमलाई भोटिङका आधारमा पछि पार्दै सिद्धार्थले यो शो जितेका हुन्।

सिद्धार्थ टेलिभिजन दुनियाँमा चलेको नाम हो। उनले केही सिरियलमा काम गरिसकेका छन्।

तर, शोमा दोश्रो स्थान हासिल गरेका असिमले पनि फ्यान राम्रो कमाएका छन्। यो शोको संचालन नायक सलमान खानले गर्दै आएका छन्।

प्रकाशित मिति: : 2020-02-17 02:47:26

प्रतिकृया दिनुहोस्