नक्कली समाजवाद

  भैरव रिसाल

काठमाडौँ

कम्युनिस्ट पार्टीभित्र कुलक्षणका बाछिटा देखा पर्न लागेको छ। यहाँ बाछिटा शब्द जानी जानी लेखिएको हो। किनभने बाछिटा धेरै समय पर्दैन तर यो वर्षाद होइन। वर्षादको अनियमित उत्तेजना हो, उल्का हो, वर्षादको अनियमितता पनि हो। नियमित वर्षा भद्र हुन्छ। तर बाछिटा झ्यालबाट कोठाभित्र जबर्जस्ती पस्छ र ओछ्यानसम्मै पनि भिजाउँछ। हो,यस्तै नेकपाको बाछिटा बैठक अघिल्लो हप्ता काठमाडौँकोगौशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा पसेको थियो।

यो बैठकमा प्रधानमन्त्री ओली पक्षधर मात्रै थिए रे। यस्ता बैठक कहिले सुधारात्मक हुन्छन् भने कहिले पार्टी विभाजनको रेखा कोर्न हुन्छन्। समष्टिमा यो पक्षधर राम्रो होइन। नेकपा माओवादी सिंगो रहेको बेला पाटनको धोबिघाटमा एउटा यस्तै बैठक बसेको थियो। त्यो बैठकले क. प्रचण्डलाई तोवा तोवा खेलायो। अनि निकै पछि एमाले–माओवादी केन्द्र एक भएपछि पार्टी नेता वामदेवको भैँसेपाटी घरमा यस्तै बैठक बस्यो। त्यसले क. वामदेवलाई शक्तिशाली बनायो। अलि अघि नेकपा सचिवालयका ९ सदस्यमध्ये ६ सदस्यको यस्तै बैठक बस्यो जसले प्रधानमन्त्री ओलीलाई कमजोर पा¥यो र परिणाममा अग्निप्रसाद सापकोटा सभामुख भए।

प्रकाशित मिति: : 2020-02-17 05:29:48

प्रतिकृया दिनुहोस्