प्रिमियर लिग: टोटनह्यामको साघुँरो जीत, सनले गरे दुई गोल

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले साघुँरो जित निकालेको छ।

आइतबार भएको खेलमा टोटनह्यामले एस्टन भिल्लामाथि ३-२ गोल अन्तरको जित निकालेको हो।

टोटनह्यामका लागि सन ह्युङ मिनले दुई गोल गरे। यता अल्डरविरेल्ड एक गोल गरे भने एक गोल उपहार दिएका थिए। यता एस्टन भिल्लाका लागि ब्जोर्न एन्जल्सले एक गोल फर्काए। 

खेलको नवौं मिनेटमा टोबी अल्डरविरेल्डको आत्मघाती गोलबाट एस्टन भिल्लाले अग्रता बनाएको थियो। तर, खेलको २७ औं मिनेटमा अल्डरविरेल्डले नै गोल गर्दै टोटनह्यामलाई १–१ गोलको बराबरीमा ल्याए।

४५ औं मिनेटमा सनले गोल गर्दै टोटनह्यामलाई २–१ को अग्रता दिलाए। खेलको ५३ औं मिनेटमा एन्जल्सले गोल गर्दै घरेलु टोलीलाई २–२ को बराबरीमा फर्काए।

 तर, खेलको इन्जुरी समयमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामलाई ३–२ को जित दिलाए।

जितसँगै २६ खेलबाट ४० अंक जोडेको टोटनह्याम लिगको पाँचौं स्थानमा रहेको छ। एस्टन २५ अंक जोडेर १७ औं स्थानमा रहेको छ।
 

प्रकाशित मिति: : 2020-02-17 11:07:13

प्रतिकृया दिनुहोस्