बेलायतका ७ सयभन्दा धेरै ठाउँमा बालियाे राताे बत्ति

बेलायतका ७ सयभन्दा धेरै ठाउँमा उच्च जोखिम रहेको संकेत स्वरुप रातो बत्ति बालिएको छ। यस्तो चेतावनीले मानिसलाई खतरनाक मौसमबाट जोगिन र सकेसम्म यात्रा नगर्न सुझाव दिन्छ।

बीबीसीका अनुसार नदीमा पानीको वहाव बढ्न थालेपछि बेलायतभरका ७ सय ठाउँमा बाढीको उच्च जोखिम रहेले रातो बत्ति बालिएको हाे।

 सन् २०१५ को डिसेम्बर २६ पछि पहिलोपटक बेलायतमा बाढीको उच्चस्तरको चेतावनी दिइएको हो।

१ सय ४६ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चल्नुका साथै वेल्समा १ सय ४२ मिलिमिटर पानी परेको छ।

साउथ वेल्स र हेमजोरमा केही मानिसलाई नदीले बगाएको हुन सक्ने भएकाले खोजी भैरहेको र बाढीमा फसेकालाई उद्धार भैरहेको खबरमा उल्लेख छ। 

 वेल्स, स्कटल्यान्ड र इङ्गल्यान्डमा केही रेल सेवा र बिमानस्थल बन्द गरिएको छ। 
 

प्रकाशित मिति: : 2020-02-17 20:22:09

प्रतिकृया दिनुहोस्