प्रकाण्डका छोरा वानेश्वरबाट पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डका छोरा पक्राउ परेका छन्। 

विप्लव नेकपाको विद्यार्थी अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष समेत रहेको नरेन्द्र विक वानेश्वरबाट पक्राउ परेका हुन्। 

अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर टेकु लगेको छ। 

केहि दिन अघि प्रहरीले विप्लव नेकपाको विद्यार्थी संगठनका केन्द्रीय अध्यष चिरन्जीवि ढकाल पक्राउ गरेपछि संगठनले फागुन १४ गते शैक्षिक हड्तालको घोषणा गरेको थियो।

उक्त घटनालाई लिएर पक्राउ गरिएको हो वा होइन भन्ने खुलेकाे छैन।
 

प्रकाशित मिति: : 2020-02-18 05:25:17

प्रतिकृया दिनुहोस्