खरिपाटी क्वारेन्टाइन : स्थानीय डराएपछि घर–घरमा प्रजिअ, स्वास्थ्यमन्त्री पनि जाँदै

अनलाइनखबर

काठमाडौं

६ फागुन, काठमाडौं । चीनबाट उद्धार गरिएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि कोरोना भाइरस संक्रमणको त्रास वरपर छाएको छ । यही त्रासमा कतिपय स्थानीयले घर छाडेका समाचार सार्वजनिक भएका छन् । यहीबीच, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे जनचेतना जगाउन घरघरमा पुगेकी छन् ।

‘कतिपयले घर छाडे भन्ने सुनियो । के रहेछ भनेर बुझ्न र सम्झाउन हिँजो स्थानीयबासीलाई भेटेका थियौं, आज पनि भेट्छौं हामी,’उनले अनलाइनखबरसँग भनिन् ।

प्रकाशित मिति: : 2020-02-18 23:49:04

प्रतिकृया दिनुहोस्