पूर्वसांसद भागवत ज्ञवालीको निधन

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापति भागवत ज्ञवालीको ७७ वर्षको उमेरमा निधन भएको छ।

काठमाडौंको अल्का अस्पतालमा उपचार गर्दागर्दै ज्ञवालीको मंगलबार बिहान तीन बजे निधन भएको हो।

ज्ञवाली गुल्मीका संस्थापक पार्टी सभापति तथा २०४८ सांसद, प्रतिनिधि सभा सदस्य थिए।

प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका ज्ञवालीले बिपी कोइरालासँगै काम गरेको थिए। उनका श्रीमती, दुई छोरा र तीन छोरी छन्।

ज्ञवालीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ।

प्रकाशित मिति: : 2020-02-19 02:06:26

प्रतिकृया दिनुहोस्