गगन थापाको स्वस्थानी कथा- चोरीको सामान फर्काउनू र दुईपटक विष्णु विष्णु भन्नू

नेपाली कांग्रेसका सांसद गगन थापाले ललिता निवास प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने अख्तियारको निर्णयमाथि व्यंग्य गरेका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले स्वस्थानीको श्लोकमा पौडेलमाथि गतिलो ब्यङ्ग्य गरेका छन्।उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समेत स्वस्थानी कथामार्फत् व्यङ्ग गरेका छन्।

‘कुमार जी आज्ञा गर्नुहुन्छ हे विष्णुमणि अब उप्रान्त कसैको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु थाहा पाइहाले होइन होइन भन्नू। चित्त बुझाउन नसके अफ्ठ्यारो पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनू र २ पटक विष्णु विष्णु भन्नू। त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु विष्णु भन्नू त्यसको प्रभावले तिम्रो, हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्ने छैनन् । इतिश्री अख्तियार पुराणे कुमार विष्णु सम्वादे श्री स्वस्थानी ब्रत कथाये बालुवाटार प्रकरण वर्णानामः प्रथमे अध्याए धन्यवाद.’ उनले भने।

हेर्नुहोस् भिडियोमा

प्रकाशित मिति: : 2020-02-19 03:59:33

प्रतिकृया दिनुहोस्