भरत खवास उत्कृष्ट खेलाडी घोषित

बिएल संवाददाता

काठमाडाै‌ं

पुरुष फुटबलका भरत खवास उत्कृष्ट खेलाडी घोषित भएका छन्।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) को आयोजनामा १४ औं संस्करणको एनएनआइपिए स्पोट्र्स अवार्ड २०७५ मंगलबार भएको कार्यक्रममा खवासलाई उत्कृष्ट घोषित गरिएको हो। उनले १० हजार रुपैयाँ प्राप्त गरे।

२८ अलग अलग खेलका उत्कृष्ट खेलाडीमध्येबाट सर्वोत्कृष्ट खेलाडी छनोट गरिएको हो। यता  पराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङ एनएनआईपिए स्पोर्टस अवार्डमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विमल र निमालाले समान १ लाख रुपैयाँ प्राप्त गरे।

यता एथलेटिक्सका अजितकुमार यादव र भलिबलकी सरस्वती चौधरी प्रतिभावान खेलाडी घोषित भएका छन्। अजित र सरस्वतीले समान ५० हजार रुपैयाँ प्राप्त गरे।

अधिकांश खेलाडी २०७५ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागी खेलमा गरेको प्रदर्शनलाई आधार मान्दै सम्बिन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडी घोषित गरिएको हो। एसियन खेलकुदमा नेपालले विभिन्न २८ खेल भाग लिएको थियो। उत्कृष्ट २८ खेलाडी यसअघि नै घोषणा भइसकेको थियो। उनीहरुले समान १० हजार रुपैयाँ प्राप्त गरे।

एनएनआइपिए उत्कृष्ट खेलाडीबाट सम्मानित हुने खेलहरु फुटबल, पौडी, भलिबल, टेबल टेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, पाराग्लाइडिङ, कुराँस, कबड्डी, फेन्सिङ, रोलर स्पोट्र्स, स्क्वास छन्। त्यस्तै सेपाकताक्रो, कुस्ती, स्पोट्र्स क्लाइम्विङ, बास्केटबल, लन टेनिस, ब्याडमिन्टन, ट्रायथोलन, पेन्काक सिलात, कराँते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथ्लेटिक्स र गल्फका खेलाडी उत्कृष्ट घोषित हुँदै सम्मानित भए।

गुरुङ आदर्श खेल व्यक्तित्व

बक्सिङका प्रशिक्षक मदनकुमार गुरुङलाई एनएनआईपिएले गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मान गरेको छ। नेपालको पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापित अवार्ड गुरुङलाई प्रदान गरिएको हो। 

गुरुङ सफल नेपालका सफल बक्सरहरुका प्रशिक्षक हुन्।  उनले सम्मान पत्रसहित ३५ हजार रुपैयाँ प्राप्त गरे।

पारा खेलकुद अवार्ड
एनएनआइपिएले पहिलो पटक समावेश गरेको पारा खेलकुदको अवार्ड बोसिया खेलकी महिमा कोइरालाले प्राप्त गरिन्।

ओली सम्मानित

एनएनआईपिए खेल पत्रकार अवार्ड प्रज्वल ओलीलाई प्रदान गरेको छ। उनले गत महिना एआईपिएस अवार्डको बेष्ट कोलम राइटिङ अवार्ड जितेका थिए। उनले सम्मानपत्र सहित २५ हजार रुपैयाँ प्राप्त गरे।

एनएनआईपिए स्पोर्टस् अवार्ड २०७५

सर्वोत्कृष्ट खेलाडी

महिला– निमा गुरुङ (तेक्वान्दो)- १ लाख रुपैयाँ

पुरुष – विमल अधिकारी (प्याराग्लाइडिङ)- १ लाख रुपैयाँ

प्रतिभावान खेलाडी

महिला – सरस्वती चौधरी (भलिबल)- ५० हजार रुपैयाँ

पुरुष – अजितकुमार यादव (एथलेटिक्स)- ५० हजार रुपैयाँ

पारा एथलिट – महिमा कोइराला (बोसिया) – १० हजार रुपैयाँ

गजराज आदर्श खेल व्यक्तित्व – मदनकुमार गुरुङ (बक्सिङ), ३५ हजार रुपैयाँ

विषेश सम्मान – प्रज्वल आली

खेल पत्रकार – राजेन्द्र चित्रकार (२५ हजार रूपैयाँ)

उत्कृष्ट खेलाडी – जनही १० हजार रुपैयाँ

फुटबल – भरत खवास

भलिबल – सरस्वती चौधरी

सुटिङ– सुष्मिता नेपाल

भारोत्तलोन – सञ्जु चौधरी

प्याराग्लाइडिङ – विमल अधिकारी

पौडी – सुभम श्रेष्ठ

टेबल टेनिस – नविता श्रेष्ठ

फेन्सिङ – ओमकार सिंह

लन टेनिस – प्रेरणा कोइराला

कबड्डी – रेणुका कुमारी राजवंशी

सेपाकताक्रो – रोशन तामाङ

स्पोर्टस क्लाम्बिङ – पेम्बा शेर्पा

बक्सिङ – मिलन शाह ठकुरी

रोलर – भूपेन्द्र थापा

ब्याडमिन्टन – दीपेश धामी

कुराँश – उपेन्द्र थापा

पेनकेक सिलात – गोविन्द चौधरी

ट्रायथोलन – बसन्त थारु

एथलेटिक्स – अजित कुमार यादव

बास्केटबल – मनिषराज उपाध्याय

जुडो – इन्द्र श्रेष्ठ

कराते – विजय श्रेष्ठ

कुस्ती – रेशम गौतम

उसु – जुनी राई

आर्चरी – तिलक पुन मगर

तेक्वान्दो – निमा गुरुङ

गल्फ – टंकबहादुर कार्की

प्रकाशित मिति: : 2020-02-19 06:47:11

प्रतिकृया दिनुहोस्