स्ववियु निर्वाचन अनिश्चित

बिएल संवाददाता

काठमाडाै‌ं

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते गर्ने भनेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ।

त्रिवि कार्यकारी परिषद्ले अर्को निर्णय नगरेसम्मका लागि निर्वाचन स्थगित गरिएको हो। 

यसअघि त्रिविले मिति निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सकेको थिएन्। विद्यार्थी संघ संगठनबीच सहमति नहुँदा निर्वाचन अनिश्चित भएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि)ले केही समय मागेका कारण पनि १४ गते तोकिएको मिति स्थगित गरिएको विश्वविद्यालय स्रोतले जनाएको छ। 

चैत अन्तिमसम्ममा निर्वाचनको मिति घोषणा गर्न भित्र छलफल भइरहेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापा मगरले जानकारी दिए।

प्रकाशित मिति: : 2020-02-19 06:52:02

प्रतिकृया दिनुहोस्