च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा लिभरपुल पराजित भएको छ ।
प्रिमियम लिग लिडर लिभरपुललाई स्पेनिस टिम एथ्लेटिको म्याड्रिडले उसकै गृहमैदान वान्डा मेट्रेपोलिटन स्टेडियममा १-० ले स्तव्ध बनाएको हो।
खेलको चौथो मिनेटमै पाएको कर्नरको सुन्दर सदुपयोग गर्दै लिभरपुलका सारा खेलाडीलाई छक्याउँदै एथ्लेटिको म्याड्रिडका साउल निगेजले गोल गरे। त्यही एक मात्र गोल निर्णायक भयो।
म्याचमा लिभरपुलकै खलाडीले धेरै समय फुटबल खेलाए पनि गोल गर्न भने सकेनन्।
यो पराजयसँगै प्रिमियम लिगमा अविजित रहेको लिरपुलको च्याम्पियन ट्रफी यात्रामा धक्का लाग्यो।
अर्को लेग लिभरपुलको गृहमैदानमा हुने छ।