उपसभामुख छान्न संसदलाई हम्मे, यो अधिवेशनमा नहुने

देशसञ्चार

काठमाडाैं

 सत्तारुढ नेकपा र विपक्षी राजपाबीच कुरा नमिल्दा प्रतिनिधिसभाको उपसभामुख चयन जारी अधिवेशनमा नहुने भएको छ। ‘दिन चाहने’ नेकपा र ‘लिन नचाहने’ राजपाका कारण उपसभामुख चयन तत्काल नहुने भएको हो।

नेकपाले अग्नि सापकोटालाई सभामुख बनाएपछि उपसभामुख फरक दल र फरक लिंगकाे हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपा इतरको दलले उपसभामुख पाउने छन्।

त्यो पनि नेकपाले चाहेको प्रमुख प्रतिपक्षी कांग्रेस, राजपा वा समाजवादी पार्टीमध्ये एकले। संसदमा एक/एक सिट भएका जनमोर्चा र नेमकिपाले उपसभामुख नलिने घोषणा गरिसकेका छन्।

तीन दलमध्ये नेकपाको रोजाइमा राजपा परे पनि ऊसँग अरु विषयमा कुरा नमिल्दा उपसभामुख चयनको प्रक्रिया तत्काल अघि नबढ्ने भएको हो। सभामुख अग्नि सापकोटाले उपसभामुख चयनबारे दलहरुले आफूसँग अहिलेसम्म परामर्श नगरेको जानकारी दिए।

प्रकाशित मिति: : 2020-02-19 20:14:49

प्रतिकृया दिनुहोस्