प्रियिमर लिग: सिटीसँग वेस्टह्याम पराजित

इंग्लिस प्रियिमर लिगमा म्यान्चेष्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई हराएको छ । सिटीले वेस्ट ह्यामलाई २–० गोल अन्तरले हराएको हो ।

 बुधबार राति भएको खेलमा सिटीको जितका लागि रोड्री र केभिन डी ब्रुईनले गोल गरे ।

जितसँगै सिटीले लिग तालिकामा तेस्रो स्थानको लेस्टरसंगको दुरी चार अंकले बढाएको छ । लिगमा १२ खेल बाँकी छदाँ लिभरपुलले २२ अंकको स्पष्ट अग्रता कायम गरेको छ ।

शीर्ष स्थानको लिभरपुलको ७३ अंक छ । दोस्रो स्थानको सिटीको ५१ अंक छ । रेलिगेशन जोनमा रहेको वेस्ट ह्यामको २४ अंक रहेको छ ।

प्रकाशित मिति: : 2020-02-20 19:26:30

प्रतिकृया दिनुहोस्