च्याम्पियन्स लिग: लिपजिगसँग टोटनह्यामकाे अप्रत्यासीत हार

च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो लेगमा इंग्लस क्लब टोटनह्यामले अप्रत्यासीत हार ब्यहोरेको छ। 

बुधबार राति १६ को पहिलो लेगको खेलमा टोटनह्याम जर्मन क्लब आरबी लिपजिगसँग १–० ले पराजित भएको हो।

पहिलो लेगमा जर्मन क्लबले प्रभावशाली प्रर्दशन गर्दै टोटेनहमबिरुद्व आक्रमक खेल पस्किएको थियो। तर घरेलु टोलीका गोलकिपर ह्युगो लोरिसले उत्कृष्ट खेल प्रर्दशन गर्दै थप गोल हुन भने दिएनन्। 

पहिलो हाफ गोलरहित बनेको खेलको ५८औँ मिनेटमा लिपजिगले पेनाल्टी पायो। जसलाई टिमो वेर्नरले गोलमा परिणत गरे।

कप्तान ह्यारी केन र सन ह्युङ मिनलाई चोटका कारण गुमाएको टोटनह्यामले जर्मन क्लबबिरुद्व जित निकाल्न सकेन।

दोस्रो लेगको खेल लिपजिगको घरेलु मैदानमा हुनेछ।

यो पराजयसँगै टोटनह्यामको क्वार्टर फाइनलमा पुग्ने बाटो कठिन बनेको छ। एक गोलले पछि परिसकेको अवस्थामा अर्को लेगका लागि टोटनह्याम जर्मनी जानेछ। 
 

प्रकाशित मिति: : 2020-02-20 21:29:42

प्रतिकृया दिनुहोस्