मन्त्रालयहरूलाई बजेट खर्च गर्न सकस: सबैभन्दा बढी खर्च गर्ने खेलकुद, कम गर्ने श्रम

नेपालन्यूज

काठमाडौं

पहिलेका वर्षहरूमा जस्तै चालु आर्थिक वर्ष २०७६÷७७ को पहिलो ६ महिनामा पनि मन्त्रालयहरूलाई बजेट खर्च गर्न सकस परेको छ। मन्त्रालयहरूले पुँजीगत बजेट खर्च गर्न नसक्दा सकस खेप्नु परेको हो।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको यस वर्षको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा सबैभन्दा बढी बजेट खर्च गर्नेमा युवा तथा खेलकुद मन्त्रालय रहेको छ। सबैभन्दा कम बजेट खर्च गर्नेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेको छ।

यस आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुस मसान्तसम्म) मा युवा तथा खेलकुद मन्त्रालयले २ अर्ब ७८ करोड ८० लाख रुपैयाँ खर्च गरेको छ। यो वर्ष उक्त मन्त्रालयको लागि ३ अर्ब ४७ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। ६ महिनाको अवधिमा युवा तथा खेलकुद मन्त्रालयले ८०.२ प्रतिशत बजेट खर्च गरेको छ।

प्रकाशित मिति: : 2020-02-20 23:23:16

प्रतिकृया दिनुहोस्