मनोमानी रुपमा चल्ला र दानाको मूल्य निर्धारण : अतिरिक्त मूल्य असुल्न कृषकलाई दर बिनाको बिल

कृषकहरु भन्छन्– गुणस्तरको कुनै मापदण्ड छैन

पोल्ट्री व्यवसायीहरुले आफूअनुकुल मनोमानी रुपमा मूल्य निर्धारण गर्न खाली बिल दिने गरेको प्रमाण भेटिएको छ । राजधानीमा कुखुरा व्यवसायीहरुको आन्दोलनकाबीच पोल्ट्री व्यवसायीहरुले कुखुरा पालक कृषकहरुलाई मूल्य निर्धारण नगरिएको बिल दिने गरेको प्रमाण भेटिएको हो ।

यस्तो बिलमा वस्तुको क्वान्टिटी (परिमाण) उल्लेख गर्ने तर, वस्तुको दर र मूल्य भने उल्लेख नगरेको पाइएको छ । यस्तो बिल नियोजित रुपमै उद्योगी व्यवसायीहरुले मनलाग्दी रुपमा कृषकहरुसँग अतिरिक्त मूल्य असुल्न खाली बिल थमाउने गरेको पीडित कृषकहरुको भनाइ छ ।

प्रकाशित मिति: : 2020-02-20 23:26:55

प्रतिकृया दिनुहोस्