गोकुल बाँस्कोटाले भने- नैतिकताको आधारमा राजीनामा दिएको छु

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएको बताएका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको आरोप लागेका बाँस्कोटाले बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएको बताएका छन्।

राजीनामापछि सामाजिक सञ्जाल फेसबुकमा बाँस्कोटाले लेखेका छन्-  मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष  नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु। धन्यवाद।

यसअघि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बाँस्कोटाले राजीनामा दिएको सदनलाई जानकारी दिएका थिए।

प्रकाशित मिति: : 2020-02-21 05:10:29

प्रतिकृया दिनुहोस्