युरोपा लिग : म्यान्चेष्टर युनाईटेड बराबरीमा रोकियाे

युरोपा लिग अन्तर्गत अन्तिम ३२ को पहिलो लेगको खेलमा म्यान्चेष्टर युनाईटेड बराबरीमा रोकिएको छ।

बिहिबार राति भएको खेलमा युनाईटेडले बेल्जियमका क्लब ब्रुगासँग १–१ गोलको बराबरी रोकिएको हो। 

खेलको १५ औँ मिनेटमा घरेलु टोली क्लब ब्रुगाले डेनिसको गोलबाट सुरुवाती अग्रता बनाएको थियो।

एन्थोनी मार्टियलले ३६ औँ मिनेटमा पाहुना टोली युनाईटेडका लागि बराबरी गोल फर्काएका थिए। 

भारी बर्षाका बीच भएको खेलमा युनाईटेडले खासै राम्रो प्रर्दशन गर्न सकेन।

दोस्रो लेगको खेल युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा फेब्रुअरी २७ मा हुनेछ।

प्रकाशित मिति: : 2020-02-21 20:21:09

प्रतिकृया दिनुहोस्