जनताका मुद्दा सम्बोधन भए सरकारमा जान सकिन्छ: महतो

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जनताका मुद्दा सम्बोधन नभएसम्म सरकारका जान नसकिने बताएका छन्।

धनुषाको जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर २० देवपुर रुपैठामा शनिबार धर्मशाला शिलान्यास गर्दै नेता महतोले भने, ‘जनताका मुद्दा सम्बोधन भएपछि सोंच्न सकिन्छ। तर अहिले सरकारमा जाने कुनै कुरा छैन।’

महतोले संविधान संशोधन, रेशम चौधरीसहितको रिहाइ र आफ्ना कार्यकर्ताहरुमाथि लागेका मुद्दा फिर्ता हुनुपर्न माग दोह¥याएका छन्। ‘हामीले सुरुदेखिनै यहीँ माग राख्दै आएका छौं। हाम्रो माग पुरा हुनुपर्छ,’ उनले भने। 

संसदीय कोषको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत २५ लाख रुपैयाँ लागतमा धर्मशाला निर्माण गरिन लागिएको हो।

कोषको रकम पहिला चार करोड रहेको र अहिले ६ करोड भएको बताउँदै उनले यो सम्पूर्ण रकम जनताकै लागि खर्च गरिने बताए।

प्रकाशित मिति: : 2020-02-23 01:26:57

प्रतिकृया दिनुहोस्