गृह नगरमा डम्बर नेपाली र निशान भट्टराई सम्मानित

गायकद्वय डम्बर नेपाली र निशान भट्टराई गृहनगर मोरङको उर्लाबारीमा सम्मानित भएका छन्। महाशिवरात्रिको अवसरमा उर्लावारीमा आयोजित एक सांगीतिक कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

स्थानीय यू-युथ अफ उर्लावारी (वाईओयू) क्लबद्वारा आयोजित ‘बृहत सांगीतिक साँझ’ मा उनीहरुलाई सम्मान गरिएको थियो।

उर्लावारीलाई सांगीतिक उर्भरभूमिको रुपमा देशविदेशमा चिनाउन योगदान गरेको भन्दै उनीहरुलाई दर्शकदीर्घा र अतिथिकामाझ उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सम्मान पत्रसहित सम्मान गरेका थिए।

कार्यक्रममा नेपाली र भट्टराईले आफ्ना चर्चित गीतहरु पस्किएका थिए।

प्रकाशित मिति: : 2020-02-23 22:34:46

प्रतिकृया दिनुहोस्