गैरआवासीय नेपालीका पक्षमा विधेयक सकारात्मक : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार सबै नेपालीका समस्या समाधान गर्न लागिपरेको बताएका छन्।

गैरआवासीय नेपाली सङ्घ  स्पेनको  आयोजनामा शनिबार भएको छलफलमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने बताएका हुन्।

विदेशी नागरिकलाई नेपाल पठाउन गैरआवासीय नेपालीलाई आग्रह गर्दै उनले भने, 'गैरआवासीय नेपालीहरुको  सामाजिक, सांस्कृतिक र आर्थिकसहितको अधिकारसम्बन्धी कानून बनेको छ, संसद्मा विचाराधीन नागरिक विधेयक पनि छिट्टै पास हुन्छ।'

गैरआवासीय नेपालीका पक्षमा विधेयक सकारात्मक भएको उनको भनाई थियो।

प्रकाशित मिति: : 2020-02-24 01:27:40

प्रतिकृया दिनुहोस्