पोखरामा प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन खोज्ने ४ विद्यार्थी पक्राउ

पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका ४ जना विद्यार्थी पक्राउ परेका छन्।

पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका बेला उनीहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटालगायत ४ जनारहेका छन्। विद्यार्थीले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरण, यति होल्डिङ्सलाई सर्वाजनिक जग्गा उपलब्ध गराएको, नेकपा सरकार भष्ट्राचारमा लिप्त भएको लगायतका आरोप लगाउँदै नाराबाजी गरेका थिए।

नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीलगायत नेता पोखरा सभागृहमा आएका हुन्।
 

प्रकाशित मिति: : 2020-02-25 01:19:49

प्रतिकृया दिनुहोस्