विद्युतीय हाजिरी जडान भएपछि शिक्षकहरु समयमै विद्यालय आउन थाले

सामुदायिक विद्यालयमा  नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि मोरङको रंगेली नगरपालिकाले विद्युतीय हाजिरी (ई–हाजिर) जडान गरेको छ। विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन नगरपालिकाले विद्युतीय हाजिरी सञ्चालनमा ल्याएको हो। 

विद्यालय नियमित सञ्चालन भए/नभएको, शिक्षक आए/नआएको जस्ता गुनासा सुन्न नपरोस् र शिक्षा विकासमा सकारात्मक प्रभावका लागि विद्युतीय हाजिरी शुरु गरिएको नगरपालिकाका शिक्षा शाखा अधिकृत रबिन्द्र पन्डितले बताए। 

नगरपालिकाले नमूना परीक्षणका लागि पहिलोपटक माध्यमिक तहका विद्यालयमा जडान गर्ने र विस्तारै अन्य सबै आधारभूत विद्यालयमा समेत विद्युतीय हाजिरी जडान गर्ने तयारी थालिएको पन्डितले बताए। पहिलो चरणमा नगरपालिकाले  पव्लिक ,आदर्श, जनता, रत्न , गणेश माध्यमिक विद्यालय लगायत  १२ बाट  विद्यालयमा पहिलोपटक विद्युतीय हाजिरी शुरु गरिएको हो।  

विद्युतीय हाजिरी जडानसँगै शिक्षक बिहान १० बजे र साँझ ४ बजे अनिवार्य रुपमा हाजिरी गर्नुपर्ने हुन्छ। विद्युतीय हाजिरी नहुँदा विद्यालयमा शिक्षकहरु कहिले ११ त कहिले १२ बजेसम्म विद्यालयमा हाजिरी हुने ग¥थे।  रंगेली नगरपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि अरु नयाँ अभ्यासको थालनी गरिरहेको छ।

 ई–हाजिरसँगै विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर नगरपालिकाबाटै छड्के अनुगमन समेत गरिदै आएको नगरपालिकाका वडा अध्यक्ष रामचन्द्र मन्डलले बताए।

प्रकाशित मिति: : 2020-02-25 04:31:28

प्रतिकृया दिनुहोस्