रत्नानीमाथि तस्बिर चोरीको आरोप

एजेन्सी

काठमाडाैं

अभिनेत्री कियरा आडवाणी पछिल्लो समय एकपछि अर्को हिट चलचित्रमा काम गरिरहेकी छिन्। गत वर्ष उनको कबिर सिंह हिट भएको थियो भने हालै उनी गुड न्युजमा देखिएकी थिइन्। उनल् छानेको चलचित्र एक एक हिट भएपछि उनी चार्चाको शिखरमा छिन्।

केही दिनअघि फोटोग्राफर दब्बु रत्नानीले खिचेको आडवाणीको तस्बिर भाइरल बनेको थियो। रत्नानीको २५ औँ क्यालेन्डरका लागि अन्य स्टार्ससँगै कियराले पनि पोज दिएकी थिइन्।

सो तस्बिर कियराले इन्स्टामा पोस्ट गरेकी थिइन्। जसमा उनी उनको नग्नता एउटा ठूलो पिँडालुको पातले छोपिएको छ।

तर, कियराको सो तस्बिरको शैली अरुबाट चोरिएको आरोप लागेको छ। त्यस्तै अर्को तस्बिरसमेत सँगै राखेर फोटोग्राफरले इन्स्टाग्राममा पोस्ट गरेका छन्।

नोभेम्बरमा पोस्ट भएको सो तस्बिरमा मोडल स्टेफ टेलर देखिन्छिन्। अरुहरुले रत्नानीले सीधै चोरेको आरोप लगाएका छन्।
 

प्रकाशित मिति: : 2020-02-25 10:53:39

प्रतिकृया दिनुहोस्