बाबु–बाजेले शंख फुके, छोरा–नाती सहनाइ फुक्दै

दाङ – गढवा गाउँपालिका वडा नम्बर ६ निवासी रेशमबहादुर शाहीले नर्सिङ्ग र सहनाइ बजाउन जानेका छन् । दयाराम थापाको पनि सहनाइ र ढोलकमा हात बसेको छ ।

घरायसी जीवन बिताइरहेका शाही र थापालाई पञ्चेबाजा संरक्षण अभियानले मोहनी लगाए झैँ भएको छ । बाजा बजाउने मात्रै होइन, शाही र थापा यी बाजाको संरक्षणमा समेत लागेका छन् ।

कसैको विवाहा, बर्तबन्ध, पास्नी, पूजा–आजामा समेत पुगेर बाजा बजाउने गरेका छन् । दुई जना मात्रै होइन सिंगो टोली छ । दलित समुदायले मात्रै पञ्चे बाजा बजाउने परम्परा थियो।

तर, गढवाका बासिन्दाले यो परम्परागत धारणाबाट माथि उठ्दै ब्राह्मण, क्षेत्री, ठकुरी, मगर, थारु, दलित समुदायको सामुदायिक एकताबाट लोपन्मुख पञ्चेबाजा संरक्षण अभियान थालिएको हो ।

प्रकाशित मिति: : 2020-02-25 23:45:20

प्रतिकृया दिनुहोस्