शर्मा र श्रेष्ठबीच इन्गेजमेन्ट

बिएल संवाददाता

काठमाडाै‌ं

चलचित्र ‘नाई नभन्नु ल–४’ बाट सिने नगरीमा आफ्नो अभिनयको यात्रा आरम्भ गरेकी मोडल तथा अभिनेत्री आँचल शर्माले प्रेमी डा उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन्।

शर्मा र श्रेष्ठले सोमबार काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेका हुन्। उदिप र आँचल केही समय अगाडिदेखि प्रेममा छन्। 

उनीहरुको विवाहको मिति भने सार्वजनिक भएको छैन्। उनीहरुको फागुन अन्तिम साता विवाह हुने बताइएको छ।

विवाहपछि पनि आँचलले चलचित्र क्षेत्रबाट टाढा नहुने बताउँछिन्। ‘पहिला पहिला महिलाहरुले विवाह गरेपछि परिवारमा समय दिने, भान्सामा काम गर्ने भन्ने थियो। अहिले महिलाहरु बाहिर आउन थालिसक्नु भएको छ। त्यसैले म त्यहाँ सीमित भएर बस्न पर्दैन। चलचित्र क्षेत्रमा काम गरिनै रहने छु,’ उनी भन्छिन्।
 

प्रकाशित मिति: : 2020-02-26 00:04:41

प्रतिकृया दिनुहोस्