नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ फागुन २१ गते

बिएल संवाददाता

काठमाडाै‌ं

नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ यही फागुन २१ गतेका लागि तय भएको छ। गत माघ ९ गते निर्वाचित १८ जनालाई शपथ गराउने कार्यक्रम २१ गतेका लागि तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।

राष्ट्रिय पोशाक वा आ–आफ्नो पहिचान झल्किने पोशाकमा शपथ लिन सक्ने सचिवालयले जनाएको छ।

साथै आफ्नो मातृभाषामा समेत शपथ लिन सक्ने सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ। त्यसका लागि शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी ३ दिन अगावै संघीय संसद सचिवालयमा पठाउनु पर्ने छ। उनीहरुलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउने छन्।  

शपथ लिने राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि एकरएक प्रतिसहित एक घण्टा अगावै उपस्थित हुन सूचित गरिएको छ।

१८ जना सदस्यको दुई वर्षे कार्यकाल यही फागुनमा सकिने भएपछि उनीहरुको स्थानमा चुनाव भएको थियो। जसमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वाचित भएका छन्।

प्रदेश एकबाट ३ जना, प्रदेश दुईमा ४, बागमतीमा २, गण्डकी प्रदेशमा २, प्रदेश पाँचमा ३, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशबाट  २ जना निर्वाचित भएका हुन्।

प्रकाशित मिति: : 2020-02-26 05:33:36

प्रतिकृया दिनुहोस्