स्विट्जरल्याण्डमा कोरोना भाइरसका संक्रमित भेटिए

७० जनाको परीक्षण पछि नतिजा आउँदै

स्विट्जरल्याण्डको दक्षिणी नगर तिसिनोमा कोरोना भाइरस (कोभिड १९)का संक्रमित ब्यक्ति भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

कोरोनाभाइरस प्रभावित इटालीका विभिन्न ठाउँहरु घुमेर आएका ७० वर्षिय ती मानिसमा भाइरसको संक्रमण भेटिएको हो। बर्न, बाजेल आसपासबाट इटाली गएका र अन्य सम्भावित ७० जनाको परीक्षणको नतिजा आउँदै गरेको मन्त्रालयले जनाएको छ।

केही शंकास्पद ब्यक्तिको स्वास्थ्य परीक्षण भए पनि स्कूल कलेज नै बन्द गर्ने गरी समस्या नभएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

सीमाना जोडिएको इटालीका शहरहरूमा कोरोना भाइरस को कारण ११ जनाको ज्यान गइसकेको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी चीनमा २७१५ जनाको ज्यान गइसकेको छ भने इरानमा १६ तथा दक्षिण कोरियामा ११ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-02-26 20:19:43

प्रतिकृया दिनुहोस्