'भोलि बिहान मात्रै जानुस् भनेकी थिएँ... हतारिनुभयो'

सेतोपाटी

काठमाडौं

युनिक श्रेष्ठ 

शमशेर गुरुङले दुई महिनाअघि मात्रै बाह्रचक्के ट्रक चलाउन थालेका थिए।

यसअघि लामो समय विदेशमा काम गरेर फर्केका उनले सुरूमा सानातिना गाडी चलाए। दुई महिनाअघि थानकोटको भुटनदेवी वर्कसपमा जागिर खाएपछि त्यही कम्पनीका लागि ट्रक चलाउन थाले।

जीवनको अन्त्य पनि ट्रकबाटै होला भन्ने सायदै उनले सोचेका थिए।

सोमबार साँझ कलंकीमा भएको दुर्घटनामा उनको ज्यान गएको छ। दुर्घटना गराउने ट्रक उनको होइन। उनी त स्कुटर चलाएर घर जाँदै थिए। त्यही बेला थानकोटबाट कलंकी आइरहेको ना६ख २८७१ नम्बरको मालवाहक ट्रकको ब्रेक फेल भयो।

ढुंगेअड्डाको ओरालोमा अनियन्त्रित भएको उक्त ट्रकले एघार वटा गाडीलाई ठक्कर दियो, जसमध्ये बा४४प १८१० नम्बरको उनको स्कुटर पनि थियो।

यो घटनामा चितवन, कालिका नगरपालिका, शक्तिखोरका शमशेरको घटनास्थलमै मृत्यु भयो। अन्य ९ जना घाइते भएका छन्।

प्रकाशित मिति: : 2020-02-26 22:02:11

प्रतिकृया दिनुहोस्