कोहलीलाई उछिन्दै स्मिथ बने ‘नम्बर वान ब्याट्सम्यान’

एजेन्सी

काठमाडाै‌ं

अष्ट्रेलियाका ब्याट्सम्यान स्टेभ स्मिथ फेरि टेष्ट क्रिकेटको नम्बर एक ब्याट्सम्यान भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार जारी गरेको नयाँ वरीयतामा भारतीय कप्तान विराट कोहलीलाई उछिन्दै स्मिथ शीर्ष स्थानमा उक्लिएका हुन्। स्मिथले ९ सय ११ रेटिङ पाउँदै शीर्ष स्थान ओगटे।

यसअघि शीर्ष स्थानमा रहेका कोहली भने ९ सय ६ रेटिङ पाउँदै दोस्रो स्थानमा छन्। बल टेम्परिङ काण्डमा मुछिएपछि एक वर्ष प्रतिबन्धमा परेका स्मिथ लामो समयपछि फेरि नम्बर एक ब्याट्सम्यान भएका हुन्।

ब्याटिङतर्फ न्युजिल्यान्डका कप्तान केन विलियमसन तेस्रो स्थानमा रहँदा अष्ट्रेलियाका मार्नुस लबुस्चाङन चौथो र पाकिस्तानका बाबर अजाम पाँचौं स्थानमा छन्।

बलिङतर्फ पनि अष्ट्रेलियाकै पट कुम्मिन्स शीर्ष स्थानमा छन्। अलराउण्डरतर्फ भने वेष्ट इन्डिजका ज्यासन होल्डर छन्।
 

प्रकाशित मिति: : 2020-02-27 11:55:06

प्रतिकृया दिनुहोस्