मैनाली सवार गाडी दुर्घटनाग्रस्त, थप उपचारका लागि काठमाडाैं ल्याइँदै

महोत्तरीमा मालेका महासचिव सीपी मैनाली सवार गाडी दुर्घटनाग्रस्त भएको छ।  बर्दिबासस्थित रातुको पुलमा उनी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो। 

मैनाली सवार बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले जानकारी दिए। 

मैनालीको खुट्टा फ्याक्चर हुनुका साथै शरीरका विभिन्न स्थानमा चोट लागेको छ।  हाल बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेका उनलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ।
 

प्रकाशित मिति: : 2020-02-28 03:12:44

प्रतिकृया दिनुहोस्