पुलिस क्लब बुढासुब्बा गोल्डकपको फाइनलमा, उपाधिका लागि मनाङसँग भिड्ने

पाँचौं पटक नेपाल पुलिस क्लब धरानमा जारी २२औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा मछिन्द्रलाई सडन डेथमा हराउँदै पुलिस फाइनलमा पुगेको हो। 

धरान रंगशालामा भएको खेलमा निर्धारीत समयमा कुनै कल्बाट गोल नभएपछि फाइनलमा पुग्ने टोलीको निर्णय सडन डेथबाट गरिएको थियो। जसमा सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो।  मछिन्द्रका कप्तान बिराज महर्जनले पेनाल्टी मिस गरेका थिए।

त्यसअघि पुलिसका कपिल ढकालले गोल गरेका थिए ।

टाइब्रेकरमा पुलिसका भोला सिलवाल, पदम भट्टराई, तिर्थ मगर र जुमानु राईले गोल गरे। सुमन सुवेदीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए।

मछिन्द्रका रञ्‍जित धिमाल, विमल घर्ति मगर, विजय धिमाल र देवेन्द्र तामाङले गोल गर्दा विशाल राईको प्रहार पुलिसका गोलकिपर सन्जित श्रेष्ठले बचाए।

बुधबार भएको पहिलो सेमिफाइनलमा भारतीय क्लब यूके एफसीलाई २–० गोलले हराउँदै मनाङ मर्स्याङ्दी क्लब फाइनलमा पुगिसकेकाे छ।

प्रकाशित मिति: : 2020-02-28 06:24:14

प्रतिकृया दिनुहोस्