महाराष्ट्रका बाढी प्रभावितहरुकाे घर सलमानले पुननिर्माण गरिदिने !

एजेन्सी

काठमाडौं

 बलिउडका सुपस्टार सलमान खानले महाराष्ट्रका बाढी प्रभावित जनतालाई सहयाेग गर्ने भएका छन्।

सलमानले २०१९ मा आएकाे बाढीका कारण प्रभावित महाराष्ट्रको कोल्हापुर जिल्लाको खिद्रापुर गाउँमा घर पुनर्निर्माण गरिदिने भएका हुन्।

 त्यसकाे लागि उनी ऐलान ग्रुपसँग सम्झाैता गरेका छन्।

अहिले सलमान आफ्नो आगामी फिल्म ‘राधे’ को शूटिङ्गमा व्यस्त छन्।

प्रभुदेवा निर्देशित यस फिल्ममा सलमान आफ्नो ‘भारत’ फिल्मकाे काे– स्टार दिशा पाटनीसँग रोमान्स गर्दैछन्।

प्रकाशित मिति: : 2020-02-28 10:20:06

प्रतिकृया दिनुहोस्