पूर्वसञ्चारमन्त्री बाँस्कोटाद्वारा जिल्ला अदालतमा विजय मिश्रविरूद्ध गाली बेइज्जती मुद्दा दर्ता

पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काठमाडौं जिल्ला अदालतमा आफू विरूद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्ध विजय मिश्र विरूद्ध मुद्दा दायर गरेका छन्।

सेक्युरेटी प्रेसको कमिसन प्रकरणमा ७० करोड बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका बाँस्कोटाले शुक्रबार आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेका हुन्।

प्रेस खरिदका क्रममा कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बाँस्कोटाले घुस मागेको प्रमाणित नभएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

 

प्रकाशित मिति: : 2020-02-29 03:50:15

प्रतिकृया दिनुहोस्